रास्वपाका सभापति रविलामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

काठमाडौँको माइतीघरमा रास्वपाका कार्यकर्ताहरूले रविको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका माग राखेर माइतीघरमा प्रदर्शन गरेका थिए ।
सहकारी ठगीको अभियोगमा पक्राउ परेका लामिछाने हाल प्रहरी हिरासतमा रहेका छन् । पोखरामा बयान सकिएकाले उनलाई आज काठमाडौँ ल्याउन लागिएको छ ।

Leave A Reply

Your email address will not be published.