काठमाडौं : नेपाल विद्यार्थी संघले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ।
कांग्रेसले सडक आन्दोलनबाट सरकारलाई दबाब दिन आफ्नो भ्रातृ संस्थालाई सडकमा उतारेको हो। सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन्।
गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।
उनले दोषी भए राजनीति छोड्ने बताएका छन् । तर नेविसंघले ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’ भन्दै प्रदर्शन गरेको छ ।
गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ? भन्दै विद्यार्थीले गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका छन् । कांग्रेस निकट महिला संघले हिजो प्रदर्शन गरेको थियो भने तरुण दलले आज दिउँसो विरोध प्रदर्शन गर्दैछ ।
Comments are closed.