Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, बैठक सारिरहने पूर्णबहादुर खड्काको सन्देश

Editorial Team by Editorial Team
November 28, 2025
in Nepal, News
0
जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, बैठक सारिरहने पूर्णबहादुर खड्काको सन्देश
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ , नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा सर्वसम्मत निर्णय गर्ने अवस्था नआएसम्म केन्द्रीय कार्यसमितिको बैठक सारिरहने बताएका छन्। बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो सन्देश दिएका हुन्। शुक्रबार बस्ने भनिएको बैठक सार्नुपरेकोमा उनले माफी पनि मागेका छन्।
‘माफ पाउँ सबैसँग बैठक सारेकोमा। गाली सबैले मलाई गर्नुस् जसले गाली गर्न डिजर्ब गर्नुहुन्छ’ उनले लेखेका छन्, ‘जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन म बैठक सारिरहन्छु। म कार्यवाहक रहेसम्म।’
मंसिर १२ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गतेलाई सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
कांग्रेसले आज जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १२ गते शुक्रबार दिनको २ बस्ने भनिएको बैठक २०८२ मंसिर १४ गते आइतबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ।’
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ६ गते बसेको थियो। त्यसपछि स्थगित भएको बैठक मंसिर ११ गते बोलाइएको थियो।
कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन र चुवनाअघि कि चुनावपछि महाधिवेशन गर्ने भन्ने विषयमा विवाद चलिरहेको छ। त्यसमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमितिको बैठक सारिँदै आएको छ।
मंसिर १२ गते बस्ने भनिएको बैठक फेरि सारिएको हो। अर्को बैठक मंसिर १४ गते दिउँसो २ बजे बस्ने तय गरिएको छ।

Advertisement Banner
Previous Post

प्रतिनिधिसभा चुनावमा भाग लिन दर्ता गर्ने संख्या १०८ पुग्यो

Next Post

The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

Editorial Team

Editorial Team

Next Post

The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

Recommended

Balen Shah registers candidacy from Jhapa-5

Balen Shah to begin door-to-door campaign in Damak from Monday

2 months ago
India allows carrying INR 200 and 500 notes, but use in Nepal still barred

India allows carrying INR 200 and 500 notes, but use in Nepal still barred

3 months ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.