काठमाडौं । आफूलाई धार्मिक अभियन्ता र ज्योतिषी बताउने पुष्कर खतिवडालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सो कुरा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको आरोपमा खतिवडा सोमबार पक्राउ परेका थिए । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।
भीआईपीहरुको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए । फेसबुक लाइभको निरन्तरता स्वरूप उनले सोमबारदेखि काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीस्थित मण्डिखाटारमा यज्ञ सुरु गरेका हुन् ।
Trending Now
- KP Sharma Oli, Prime Minister of Nepal, leading a Nepali delegation to the 79th session of the United Nations General Assembly (UNGA), arrived in New York
- The Rainbow Relationship, A Poem by Rachana Sunar
- Chief of the Army Staff General Ashok Raj Sigdel meets with former Chiefs of the Army Staff of the Nepali Army
- Ncell marks 20th year with ‘Nineteen for Nineteen’ Project and Rs 200 million commitment towards CSR
- Rajendra Mahato announces Rastriya Mukti Kranti Party
- Constitutional Council recommended the senior-most Justice Prakash Man Singh Raut, for the post of the Chief Justice (CJ) of the SC
- New Australian guidelines for dealing with unexplained infertility
- Parliamentary committee urges govt action against Rabi Lamichhane over cooperative fund misuse
- Victorians Gain Access to Cutting-Edge Precision Cancer Therapies Thanks to Landmark $10M Donation
- School building built under “Nepal-India Development Cooperation” inaugurated in Bhaktapur
Comments are closed.