विश्वका उत्कृष्ठ १० गीतमा पुष्पाको प्यासी समावेश

गीतकार पुष्पा खानालको प्यासी बोलको गीत वल्र्ड गीतकार अवार्डले आयोजना गरेको विश्व गीत लेखन अवार्डमा उत्कृष्ठ १० मा पर्न सफल भएको छ । वल्र्ड गीतकार अवार्डले डिसेम्बर ३१ मा उक्त जानकारी गराएको हो ।

विश्वभरिका गीतकारले भाग लिएको विश्व गीत लेखन अवार्डमा पप विधामा खनालको प्यासी गीत उत्कृष्ठ १० मा परेको हो ।

सन् २०२३ को शरद ऋतुमा आयोजित विश्व गीत लेखन अवार्ड प्रतियोगितामा खनालले पहिलोपटक सहभागिता जनाएकी थिईन् । यो मेरो पहिलो सहभागिता थियो, सयाैं गीतहरूबाट छानिएर उत्कृष्ठ १० मा पर्न सफल भएँ । म निकै खुसी छु, गीतकार पुष्पाले भनिन् ।

वल्र्ड गीतकार अवार्डले गीत लेखन अवार्ड त्रैमासिक रूपमा आयोजना गर्ने गर्दछ । यो अवार्डमा सम्मानित हुने गीतलाई विश्वस्तरको गीतको मान्यता प्राप्त छ ।

लगभग तीन दशकदेखि गीत र कविता लेख्दै आएकी पुष्पाका दुई गीत सङ्ग्रह, दुई एल्बम र सयौं फुट्कर गीत तथा कविताहरू विभिन्न साहित्यिक र प्रमुख मिडियामा प्रकाशित छन् ।

गीतकाे लिङ्क

Comments are closed.