काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पर्सामा बयान लिने काम सकिएको छ । हिजो बिहान ९ बजे बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याइएका लामिछानेसँग १० बजेदेखि सुरु भएको थियो । दिउँसो २ बजे बयान सकिएको हो । बयानका क्रममा लामिछानेसँग ५० वटाभन्दा बढी प्रश्न गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
बयान सकेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । लामिछानेलाई आज कास्की पठाइने पर्सा प्रहरीले जनाएको छ। वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको उजुरीमाथि अनुसन्धान गर्न लामिछानेलाई सोमबार वीरगन्ज पुर्याइएको थियो ।
जिबी राई सञ्चालक रहेको सो सहकारीका बचतकर्ताको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको थियो । रकम हिनामिनाविरुद्ध प्रहरीमा उजुरी परेको र छानबिन समितिले समेत रवि लामिछाने समेतको संलग्नतामा झण्डै ८ करोड रुपैयाँ गोर्खा मिडियामा लगिएको भन्दै छानबिन र अनुसन्धानका लागि सिफारिस गरेको थियो ।
Trending Now
- दक्षिण सुडानका नागरिकलाई जारी गरिएका सबै अमेरिकी भिसा तत्काल रद्द गरिने : मार्को रुबियो
- रहनु भएन पत्रकार भैरव रिसाल
- चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक
- पाणीनि तपोभूमि सम्मेलन चैत २७ र २८ गते हुने
- रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै
- Musk’s Starlink allowed in Bangladesh
- ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ लक्ष्मी तिवारीलाई
- मौसम पूर्वानुमान महाशाखाको अनुमान वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छ
- एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु
- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी उपाध्यक्ष
Comments are closed.