काठमाडौं । पुस ६ देखि पुस ८ गतेसम्म इटहरीमा सम्पन्न ५१ औं महाधिवेशनले रजनी थापालाई नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा चयन गरेको छ ।
२०२५ का लागि अध्यक्ष बनेकी थापाले ७६२ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत मात्र पाएका थिए । महाधिवेशनमा सहभागी गोरखा जेसीजका पूर्वअध्यक्ष शरण श्रेष्ठका अनुसार गए राति सम्पन्न मतगणनामा थापाले विजयी सुनिश्चित गरेकी हुन् ।
राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । यस पदका लागि आठ उम्मेदवारबीच भएको प्रतिस्पर्धामा यी चार जनाले सफलता हात पारे ।
राष्ट्रिय उपाध्यक्ष पदमा १२ जनाले जित हात पारेका छन् । विजयी हुनेहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला, र मनिप्रसाद अर्याल रहेका छन् । महासचिव र कोषाध्यक्ष पद भने मनोनीत हुने व्यवस्था छ ।
थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवार थिइन् । यद्यपि उनले त्यो निर्वाचनमा पराजय भोगेकी थिइन् । सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेकी थापाले सन् २०२१ मा राष्ट्रिय उपाध्यक्ष र सन् २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको भूमिका निर्वाह गरिसकेकी छन् ।
Trending Now
- दक्षिण सुडानका नागरिकलाई जारी गरिएका सबै अमेरिकी भिसा तत्काल रद्द गरिने : मार्को रुबियो
- रहनु भएन पत्रकार भैरव रिसाल
- चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक
- पाणीनि तपोभूमि सम्मेलन चैत २७ र २८ गते हुने
- रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै
- Musk’s Starlink allowed in Bangladesh
- ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ लक्ष्मी तिवारीलाई
- मौसम पूर्वानुमान महाशाखाको अनुमान वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छ
- एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु
- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी उपाध्यक्ष
Comments are closed.