रम्बास् कविता :इलामे

इलामे


फूल
होइन
मखमली
जुही चमेली
बेली सयपत्री
मालाभरी उनिने
मन्दिरमा  चडाइने
मृत देहमाथि  सजिने।
सदैव मुक्त, स्वतन्त्र हुँ म
हो, अवहेलित सबैको
तापनि फुलि रहन्छु
सदा हाँसि रहन्छु
इलामे    भएर
न च डा इ ने
न त चुड्ने
नि र्भी क
फुक्का
म।

डम्बर दाहाल 
कार्बी आंलं, असम

 

Comments are closed.