Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्दै

Editorial Team by Editorial Team
December 23, 2025
in Nepal, News, Tourism
0
राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।
पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो ।

रमणीय ठाउँ रहेकाले यस ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी पूर्वाधार निर्माण गर्ने काम भइरहेको वालिङ–१२ वडाध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिए । विभिन्न समयमा वडा, नगर, प्रदेश तथा सङ्घबाट यस ठाउँमा पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भइ काम भइरहेको उनले बताए ।

“गाउँका मानिसहरू सहरकेन्द्रित बसाइँ सर्ने दर दिनप्रतिदिन बढ्दै गएकाले गाउँका मानिसलाई गाउँमै राख्न र आम्दानीसित जोड्ने उद्देश्यसहित राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लगेका छौँ”, उनले भने। यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि वडा, नगर, प्रदेश, सङ्घ तथा स्थानीयको व्यक्तिगत सहयोग तथा जनश्रमदानबाट भवन, प्रतीक्षालय, चौपारी निर्माण, ससाना बालबालिकादेखि सबैलाई हुने खालका पिङ, शौचालय निर्माण गरिएको छ ।

वडाध्यक्ष गुरुङका अनुसार राम्चेडाँडामा सरकारी बजेट र २०७९ सालदेखि हालसम्म स्थानीय समुदाय तथा सहयोगदाताको सहयोगसहित झण्डै रु ४५–५० लाख खर्च भइसकेको छ । राम्चेडाँडा पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्थान भए पनि प्रचारप्रसार अभावमा यो ठाउँ ओझेलमा परेको छ । यस ठाउँको प्रचारप्रसार गर्न सकेको खण्डमा अझै पर्यटक घुम्न तथा वनभोज खानका लागि यहाँ आउने थिए ।

यस ठाउँमा वनभोज खानका लागि विशेषगरी बिदाका दिनमा विद्यालय, सङ्घसंस्था, समूह तथा क्लबहरू आउने गरेका छन् । वनभोज खानका लागि आउनेहरूको सहजतालाई मध्यनजर गरी यहाँ खानेपानीका धारा, बिजुली बत्ती, पकाउनेदेखि लिएर खानेसम्मका सबै भाँडाकुँडा, ग्यास, दाउराको व्यवस्था स्थानीय भाउजु समूहले गरिदिने सृजना भाउजु समूहकी अध्यक्ष भागिमा गुरुङले बताए।

उनका अनुसार यस ठाउँमा वनभोज खानका लागि टोलीटोली आउँछन्। कतिपयले आफैँ भाँडाकुँडा, ग्यास लिएर आउनुहुन्छ त कतिले भने यहीँ हाम्रै भाँडाकुँडा तथा ग्यास प्रयोग गर्नुहुन्छ । राम्चेडाँडा नजिकै गुरुङ समुदायको बस्ती रहेको छाप गाउँ छ । विशेषगरी दसैँतिहार, अन्य बिदा तथा शुक्रबार र शनिबारका दिनहरूमा वनभोज खाने र दृश्यावलोकनका लागि मानिसहरू जाने गरेका छन् । राम्चेडाँडामा कच्ची सडक पुगेकाले जीप तथा मोटरसाइकलमार्फत पुग्न सकिन्छ । केही दिनअघिमात्र राम्चेडाँडा पुग्नुभएका वालिङ–८ का जीवलाल काफ्लेले उक्त ठाउँ निकै आकर्षक र दृश्यावलोकनका लागि उपयुक्त रहेको बताए।

“राम्चेडाँडा पुगेर आएकाहरूले त्यहाँका बारेमा भनेको सुनेको थिएँ”, उनले भने, “कहिले जाम्ला र देख्न पाइएला भन्ने थियो त्यहाँ गएपछि त साँच्चिकै राम्रो र आकर्षक लाग्यो ।” पछिल्लो समय राम्चेडाँडामा पूर्वाधार निर्माणसँगसँगै आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

 

Advertisement Banner
Previous Post

संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै

Next Post

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

Editorial Team

Editorial Team

Next Post
बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

Recommended

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

2 weeks ago
Ashoka University and Penn Deepen Decades-Long Partnership to Create Global Pathways in Science and Technology

Ashoka University and Penn Deepen Decades-Long Partnership to Create Global Pathways in Science and Technology

5 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.