मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्ने अर्को आरोप पनि प्रहरीले उजुरी लिएको छ ।
पीडित युवतीले आफूमाथि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै सामाजिक सन्जालमा पोष्ट गरेपछि प्रहरीले उनलाई सोधिखोजी गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार ‘पीडितले पाण्डेले आफूलाई पनि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सन्जालमा लेखेपछि हामीले उहाँलाई भेटेर कुराकानी गरेका छौँ । उहाँले जाहेरी भने दिइसक्नु भएको छैन,’ उनले भने ।
यो घटना भने हदम्याद भित्रकै भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख उत्तम सुवेदीका अनुसार पाण्डेले केही समयअघि मात्रै आफूलाई दुर्व्यवहार गरेको ती युवतीले जानकारी दिएकी हुन् ।
उनले भने, ‘यो घटनामा कारबाही गर्ने हदम्याद सकिएको छैन् ।’
पाण्डेले आफूलाई १६ वर्षको उमेरमा ८ वर्षअघि बेहोस बनाएर बलात्कार गरेको भन्दै एक यूवतीले भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनलाई पक्राउ गर्न सड़क र संसदबाट आवाज उठेको थियो ।
शुक्रबार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई कारबाही गर्न निर्देशन दिएका थिए ।
८ वर्षअघि भएको बलात्कारको घटनामा कानुनी हदम्यादका कारण मुद्दा दर्ता गर्न नसकेपनि पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कानुनमा टेकेर अनुसन्धान गर्न प्रहरीले तयारी गरिरहेको छ।
पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले सोमबार अदालतबाट अनुमति लिने तयारी गरिरहेको छ। बलात्कारमा भएको कानुनी हदम्याद हटाउनु पर्छ भन्दै माग भैरहेका छन् ।
Trending Now
- रास्वपाले रवि लामिछानेबारे मानव अधिकार आयोगमा पत्र बुझायो
- शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनले ऐक्यबद्धता जनायो
- 79 killed in nightclub roof collapse in Dominican Republic
- Petroleum prices fall in global market, close to $56 per barrel
- अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
- US revokes permits of 9 million immigrants, orders them to leave the country immediately
- The US imposed a 104 percent tariff on China
- कांग्रेस पार्टीभित्र समीक्षा जरुरी छ- शेखर कोइराला
- अमेरिकाले औषधिमा पनि चाँडै कर लगाउँदै
- हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार
Comments are closed.