Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

“रात्री आकाश” गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न 

Editorial Team by Editorial Team
December 28, 2025
in Literary Festival & Event, Literature, Nepal, News
0
“रात्री आकाश” गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न 
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वालिङ, स्याङ्जा– युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृतिको रूपमा १३१ वटा समसामयिक गजलहरुको सङ्ग्रह “रात्री आकाश” को लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न भएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्व सन्ध्यामा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३८ औँ पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको विशेष अर्थ राख्ने आधुनिक नेपाली मौलिक गजल लेखन अभियान विशेष कार्यक्रमको रूपमा आयोजना गरिएको “रात्री आकाश” गजल कृति लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ शनिबार दिउँसो वालिङ-८, बि.पी. चोकस्थित शुभम पार्टी प्यालेसको सभाहलमा अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न गरिएको थियोे ।
गजलकारकी आमा प्रेमकान्ति ढकालको अध्यक्षता तथा चर्चित युवा गजलकार व्यक्तित्व बाबू त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा “रात्री आकाश” गजल कृतिको लोकार्पणपश्चात् गजल कृति र गजलकार गुरुप्रसाद ढकालको गजल लेखनमाथि केन्द्रित रहेर वक्ताद्वय सीता गौडेल गैह्रे र राहुल शङ्करद्वारा समीक्षात्मक मन्तव्य प्रस्तुत गरिएको थियोे भने गजलकार गुरुप्रसाद ढकालद्वारा गजलीय मन्तव्य प्रस्तुत गरिएको थियोे ।
गल्याङ नगरपालिका- ११, लबरकोट, स्याङ्जामा असोज ३१ गतेका दिन बुवा तोलाकान्त ढकाल र आमा प्रेमकान्ति ढकालको कोखबाट जन्मिएका युवा गजलकार गुरुप्रसाद ढकाल हाल जानकी माध्यमिक विद्यालय, गल्याङ- ९, अमिलाथुम, स्याङ्जामा शिक्षण पेशामा कार्यरत रहेर आधुनिक नेपाली मौलिक गजल लेखन अभियानमा विशेष रूपमा क्रियाशील छन् । ढकाल जगत्रदेवी साहित्य संगम, गल्याङका सह- सचिव हुन् ।
वालिङ बहुमुखी क्याम्पसबाट स्नातक (B.Ed.) र नेपाल कमर्स क्याम्पस, मिनभवन, काठमाडौँबाट स्नातकोत्तर (M.B.S.) तहसम्मको औपचारिक अध्ययन पुरा गरेका गुरुप्रसाद ढकालको “रात्री आकाश” गजल कृति पहिलो साहित्यिक कृति हो । नेपाली लेखक संघ स्याङ्जाद्वारा प्रकाशित र युवा स्रष्टा मिलन समीरद्वारा सम्पादन गरिएको प्रस्तुत गजल कृतिमा जम्मा १३१ वटा समसामयिक गजलहरु समावेश गरिएको छ ।
हुमनाथ ढकालद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियोे ।
कार्यक्रमको दोस्रो चरण अर्थात् वालिङ गजल उत्सव- २०८२ को सन्दर्भमा स्रष्टाहरु दिलीप मगर, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सिर्जना खनाल, पूजा रेग्मी, गजल यात्री ए.सी., सरस्वती अर्याल काफ्ले, नेत्र अधिकारी, लोकनाथ भण्डारी, प्रेमबन्धु सुवेदी, चण्डिकाप्रसाद भट्टराई, लक्ष्मीप्रसाद भण्डारी, अनिषा तिवारी, झवनाथ बस्याल, रेशमलाल डुम्रे, राजु गैह्रे, विनुप्रसाद पराजुली, देवराज गैह्रे, पारिश्वर न्यौपाने, शम्भु अर्याल, वसन्त खनाल, मित्रलाल गौतम, हिमालयजंग बानियाँ, नारायण न्यौपाने, ढालबहादुर के.सी., भोजकुमारी पाण्डे, लेखनाथ काफ्ले, डोलराज भण्डारी, डिल्लीराम भण्डारी, कुसुम भण्डारी लगायतद्वारा आफ्ना उत्कृष्ट सिर्जनाहरु प्रस्तुत गरिएको थियोे ।
समारोहमा गजलकारकी आमा प्रेमकान्ति ढकाल, गजलकारकी अर्धाङ्गिनी कमला गैह्रे ढकालका बुबा- आमा, बाबू त्रिपाठी, “रात्री आकाश” गजल कृतिका सम्पादक मिलन समीर लगायतलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियोे ।

Advertisement Banner
Previous Post

Task force proposes IPO of Rastriya Banijya Bank to deepen capital market

Next Post

गणेशप्रसाद खतिवडाको “नुनको जोहो” विमोचन

Editorial Team

Editorial Team

Next Post
गणेशप्रसाद खतिवडाको “नुनको जोहो” विमोचन

गणेशप्रसाद खतिवडाको "नुनको जोहो" विमोचन

Recommended

Rafael Nadal withdraws from  Wimbledon  ahead of Semi-final against Nick Kyrgios due to injury

Rafael Nadal withdraws from Wimbledon ahead of Semi-final against Nick Kyrgios due to injury

4 years ago
US Tightens Visa Scrutiny, Causing Interview Delays

US Tightens Visa Scrutiny, Causing Interview Delays

3 weeks ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.