समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी

काठमाडौँ । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । टेलिभिजन कार्यक्रममा ‘द प्रकाश सुवेदी शो’ को अन्तवार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।शो का होस्ट प्रकाश सुवेदीले आमेशलाई समिक्षाको बुबाआमा केटा माग्दै आउनुभयो भने के तपाई उनीसँग विवाह गर्न तयार हुनुहुन्छ ? भन्ने प्रश्न राखेका थिए । जवाफमा उनले भने, ‘त्यस्तो भयो भने म त एकदम लक्की हुन्छु, म विवाह गर्छु, मेरो उमेर पनि भयो ।’

पछिल्लो समय आमेश र समिक्षा टिकटक भिडियोमा एकसाथ धेरै देखिन्छन् । उनीहरुबीच प्रेम रहेको चर्चा समेत चलेको छ ।

शोमा आमेशलाई समिक्षासँगको प्रेमको बिषयमा पनि सोधिएको थियो । उनले समिक्षासँग प्रेम सम्बन्ध नभएको र मिल्ने साथी भएको जवाफ दिए  ।

आमेशले भने ,‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएकोहोला तर, अहिले हामी प्रेममा त छैनौ पछि के हुन्छ थाहा छैन ।’ आमेश केही अगाडि मात्र अष्ट्रेलिया भ्रमणबाट फर्किएका हुन् । अष्ट्रेलिया भ्रमणको समय उनले समिक्षासँग धेरै टिकटक बनाएका छन् ।

Comments are closed.