गीतकार प्रकाश सुवेदीको गीत सार्वजनिक

गीतकार प्रकाश सुवेदीको शब्द र गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको सङ्गीत र स्वरमा जन(जागरण भाव बोकेको ‘छोड्देऊ पद कटेसी सत्तरीं” बोलको गीत सृजना र सेरोफेरो युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायनमा भुषण खतिवडाले समेत साथ दिएको उक्त गीतको सङ्गीत संयोजन साहस शाक्यले र लिरिकल भिडियो वल्र्ड कभर मिडियाका लोकेश भाटले तयार पारेका हुन्।् ।

२०४६ साल पछि नेपाली राजनीतिमा सत्ता र दलहरुको नेत्रृत्व जहिले पनि बृद्ध र अशक्त नेताहरुले गर्दै आएका छन्। घाटमा नपुग्ने बेलासम्म सत्ता र कुर्सीमोहमा चुम्बकझैँ टाँस्सीरहने नेत्रृत्वलाई प्रकाशले गीत मार्फत ञसन्ततिले धिक्कार्लान फेरि छोड्देऊ पद कटेसी सत्तरीझ भन्दै पद छोड्न र पछिल्ला पिंढीलाई मार्ग प्रशस्त गर्न ससम्मान अनुरोध गरेका छन्। कर्मचारी हुन् वा शिक्षक ५६ वर्ष पुगेपछि निबृत्तिभरण दिइन्छ। ७० कटेका बृद्ध बा(आमालाई अब तपाईँहरु काम गरेर खान सक्नुहुन्न आरामको जीवन जिउनुहोस् भनेर सम्मानपूर्वक बृद्धभत्ता दिइने देशमा उमेरले ७० कटेकै नेताहरुले दल र सत्ताको नेत्रृत्व गरिरहने परिपाटी प्रति गीतकार प्रकाशको चर्को आक्रोश रहेको छ ।

उमेर र अनुभवले परिपक्क व्यक्तिले राजनीतिक नेत्रृत्व गर्न सक्छ । यो कुरा व्यवहारिक रूपमा यथार्थ भएता पनि पद र सत्ता आफ्नो नेत्रृत्वमा आएपछि आजीवन मेरै हो र मैले यो पदलाई घाटसम्मै धारण गरिरहनुपर्छ भन्ने सोचले नेपाली राजनीतिमा जरा गाडेर बसेको छ। आफूले छोड्दा आकाश नै खस्छ या डुङ्गा नै डुब्छ भन्ने सोच पालेकाहरुले सत्तामा टाँस्सिएर देशलाई के दियौ त। यसलाई मलजल गर्ने अरु कोही नभएर गुटको नेतालाई देवत्वकरण गर्ने पछिल्ला पुस्ताका नेता र कार्यकर्ता नै हुन। हुन त राष्ट्रिय राजनीतिको नेत्रृत्व युवापुस्ताले गर्नुपर्छ भनेर युवानेता भनिने वृत्तमा बहसका रूपमा पटक पटक प्रसङ्ग नउठेको पनि हैनन्। बाहिर चर्का चर्का आवाज उठाए पनि भएको पद र मौका गुम्छ कि भनेर आफ्नो नेत्रृत्वसँग चुप लागेर बस्नुपर्ने बाध्यता अहिलेका युवानेताहरु सँग छ। अबको राजनीतिमा पुस्तानतरण हुन जरुरी छ भन्दै आवाज उठाउनेहरु नै ७० को नजिक पुग्न थालीसके। सत्ता र दल चलाउन बुढो हुनैपर्ने र १ पटक नेत्रृत्व पाए पछि शारीरिक र मानसिक रूपमा जति सुकै कमजोर होस् छोड्दै नछोड्ने गलत परिपाटीको प्रकाशले गीत मार्फत मिहिन तरिकाले चिरफार गरेका छन् ।
प्रकाशले बृद्ध उमेर भनेको दिनभरि चौतारीको हावा खाएर साँझ बार्दलीमा बास बस्ने हो भन्दै गीतमा भन्छन् चौतारीको हावा मीठो बार्दलीको बास आफ्नै हातले टिप्न पनि मुश्किल छ गास।झ अहिलेका हाम्रा सम्माननीय प्रधानमन्त्री र आगामी चुनाव पछि प्रधानमन्त्रीको आकाङ्क्षीहरुको लाइनमा बसेकाहरुको हालत गीतमा भने जस्तै छ । युवा नेताहरु जति पुस्तान्तरणका कुरा गरे पनि आफ्नो गुटको नेत्रृत्व गर्नेसँग प्रष्ट कुरा राख्न सक्दैनन्।् यदि राखिहाल्यो भने कि त पदबाटै हात धुनुपर्छ कि चुनावमा टिकट पाउँदैनन् ।

zA   https://youtu.be/ICPZxi6iauM

 

 

Comments are closed.