विजयादशमी तथा शुभ- दिपावली २०८० को अवसरमा गीतकार प्रकाश सुवेदीको `फर्क छिट्टै घर प्यारा´ सार्वजनिक

विजयादशमी तथा शुभ- दिपावली २०८० को अवसर पारेर गीतकार प्रकाश सुवेदीको `फर्क छिट्टै घर प्यारा´ बोलको गीत सृजना र सेरोफेरो युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। शिशिर योगीको सङ्गीत, साहश शाक्यको सङ्गीत संयोजन र साजन शाहको ध्वनि सम्पादन रहेको गीतमा गायिका जूनू रिजालले स्वर दिएकी छन्। कहिलेसम्म बसुँ एक्लै मनको रहर मारी फर्क छिट्टै घर प्यारा बिसाई काँधको भारी गीतमा परदेशी पतिका श्रीमती र बालबच्चाहरुका विछोडका पिडालाई कलात्मक तरिकाले दर्शाउन खोजिएको छ। कमाउनकै लागि विदेशिनु पर्ने वाध्यता र आफ्ना प्रियजनहरुसँग विछोडिनुपर्ने नेपालीहरुका विवशतालाई गीतकार प्रकाश सुवेदीले गीत मार्फत प्रस्तुत गरेका छन्।
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FmJdmuVh65mY%3Fsi%3DwuFSY0zDvfT1EBvW%26fbclid%3DIwAR30GB1dFtiBqQpUQi73TAv0BMdtjDGD5Ou6lMEegxplEmhz5jTn8qrOt_4&h=AT3PakrdAPqOgmua1IL_pEDshjDveKvgB4Ky5TI5maib3t5ThodpQpRLz9lpfXm9XhMutR9pI6YFBEfxCyy3j20wfGzKHc4eGUBEsi5gu7B1r6JUHuRE-gxIpiXpmoNiGyjFPjCKgdusl_0
Open photo

Comments are closed.