काठमाडौं – काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । जसकारण आज बिहानैबाट सवारी डाइभर्सन सुरु भएको छ ।
काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू प्रदर्शन गर्दा हुने सवारी जामलाई लक्षित गर्दै बिहानैबाट सवारी डाइभर्सन सुरु भएको हो ।सवारी डाइभर्सनका कारण कार्यालय जाने कर्मचारीहरू विशेषेगरी प्रभावित भएका छन् । बिहानैदेखि सवारी जाम हुनसक्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइएको बताइएको छ ।ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज भइसकेको छ ।
एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमनमा समस्या देखिसकेको छ ।नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।भृकुटीमण्डपमा ११ बजेदेखि र तीनकुनेमा १ बजेदेखि प्रदर्शन हुने तय भएको छ ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.