हेटौंडा । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दैछन् ।
‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गर्न लागेका हुन् ।काठमाडौं उपत्यकाभित्र भने माइतीघर मण्डलामा समेत भेला भएर प्रदर्शन गर्ने कार्यक्रम छ । माइतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शन गर्ने संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले बताए ।
संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।आफ्ना माग बेवास्ता गरिरहे अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनीसमेत उनीहरुले बताएका छन् ।
Trending Now
- दक्षिण सुडानका नागरिकलाई जारी गरिएका सबै अमेरिकी भिसा तत्काल रद्द गरिने : मार्को रुबियो
- रहनु भएन पत्रकार भैरव रिसाल
- चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक
- पाणीनि तपोभूमि सम्मेलन चैत २७ र २८ गते हुने
- रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै
- Musk’s Starlink allowed in Bangladesh
- ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ लक्ष्मी तिवारीलाई
- मौसम पूर्वानुमान महाशाखाको अनुमान वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छ
- एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु
- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी उपाध्यक्ष
Comments are closed.