काठमाडौं– राजतन्त्रका पक्षमा सडकमा उत्रिएका प्रदर्शनकारीले आज (चैत १५) दिउँसो प्रहरीमाथि ढुंगामुढा गरेका छन् । काठमाडौंको तीनकुने क्षेत्रबाट उनीहरूले प्रहरीलाई पछाडि धकेल्ने प्रयास गरिरहेका छन् ।
सुरक्षामा खटिएका प्रहरीले ढुंगामुढा गर्ने भीड तितरवितर बनाउन केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा पनि फ्याँकेको छ ।
तीनकुनेबाट प्रदर्शनकारी प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन् ।
प्रदर्शनकारीले प्रहरीले प्रहार गरेको अश्रुग्यास टिपेर सुरक्षाकर्मीतर्फै फ्याँकेका छन् ।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.