साफ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

काठमाण्ठौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले आज (शनिबार) भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

बेङ्गलोरस्थित श्री कान्तेराव स्टेडियममा हुने समूह चरणको दोश्रो खेलमा नेपालले आयोजक भारतको सामना गर्ने भएको हो । यी दुई टोलीबिचको खेल नेपाली समयानुसार राति पौने आठ बजे शुरु हुनेछ ।
साफ च्याम्पियनसिपको १४ औं संस्करण जारी रहँदा सर्वाधिक सफल टोलीको रुपमा परिचित भारतविरुद्ध नेपाल समूह चरणमै भिड्न लागेको हो । यस्तोमा ८ पटकको च्याम्पियन भारतविरुद्ध नेपाललई गत संस्करणको हारको बलदा दिने मौका समेत छ ।
डेढ वर्षअघि माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित बनेको थियो । गत संस्करणको हारको बदला लिने अवसर रहे पनि नेपाललाई आज भारतसँगको खेल जित्न सजिलो भने छैन ।
दक्षिण एशियाली फुटबल क्षेत्रमा नै एकछत्र राज गर्दै आएको घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रिदै गर्दा नेपाल आज पहिलो जितको खोजिमा हुनेछ । यसअघि पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भएको थियो ।
यता पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलले हराएको भारत आज भोलि लगातार दोश्रो जितको खोजिमा मैदानमा उत्रिने छ । नेपाल र भातरबिच यसअघि २३ खेलमा प्रतिस्पर्धा भईसकेको छ । जसमध्ये भारतले १६ खेल जित्दा नेपालले मात्र दुई खेल जित्न सकेको छ भने ५ खेल बराबरीमा सकिएको छ ।
प्रतियोगिता अन्तर्गत समूह ए मा रहेको भारत पहिलो खेलबाट ३ अंकका साथ समूहको शिर्ष स्थानमा रहँदा पहिलो खेलमा पराजित अंक विहिनी नेपाल तेश्रो स्थानमा रहेको छ ।
साफ च्याम्पियनसिप अन्तर्गत आज नै हुने समूह ए को अर्को खेलमा पाकिस्तान र कुवेतबिच प्रतिस्पर्धा हुँदैछ । श्री कान्तेराव स्टेडियममा हुने यी दुई टोलीबिचको खेल भने दिउँसो ३:४५ बाट शुरु हुनेछ ।
प्रतियोगितामा सहभागि आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल च्याम्पियनसिपको समाूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपालसँगै आयोजक भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
नेपालले अब समूह चरणको तेश्रो तथा अन्तिम खेलमा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ । साफ च्याम्पियनसिपमा नेपालसँगै, भारत, कुवेत, पाकिस्तान, बंगलादेश, भुटान, मााल्दिभ्स र बंगलादेशले भाग लिएका छन् ।
साफ च्याम्यिनसिपमा नेपाल साविक उपविजेता हो । यो नै नेपाली टोलीको लागि दक्षिण एशियाली राष्ट्रको सर्वाधिक ठुलो प्रतियोगिता साफमा ठूलो उपलब्धि हो ।

Comments are closed.