राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी माघ १३ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने निर्वाचनको लागि आयोगले तालिका सार्वजनिक गरेको हो । यस अघि सरकारले निर्वाचनको मिति तोकेको थियो ।

कार्यतालिका अनुसार मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । मङ्सिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय तोकिने भएको छ ।

पुस १ गते दर्ता भएका राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरिने छ । पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनको लागि पठाइनेछ ।

पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति  गरी सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।

Comments are closed.