काठमाडौं — नक्कली भुटानी शरणार्थी काण्डमा निलम्बित भई पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाश भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उनी पुर्पक्षका लागि थुनामा थिए । २०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधि पूरा गरेसँगै अवकाश भएका हुन् । पाण्डे हाल केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।
शिक्षा सेवाका सहसचिवका रूपमा कार्यरत पाण्डे कर्णाली प्रदेशको प्रदेश प्रमुख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै गृह सचिव बनेका थिए । गृह मन्त्रालयपछि उपराष्ट्रपति कार्यालय पुगेका उनी गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए ।
पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाश भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उनी पुर्पक्षका लागि थुनामा थिए । २०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधि पूरा गरेसँगै अवकाश भएका हुन् । पाण्डे हाल केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।
शिक्षा सेवाका सहसचिवका रूपमा कार्यरत पाण्डे कर्णाली प्रदेशको प्रदेश प्रमुख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै गृह सचिव बनेका थिए । गृह मन्त्रालयपछि उपराष्ट्रपति कार्यालय पुगेका उनी गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको रोजाइमा परेपछि भूमि मन्त्रालयबाट गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा पुगेका थिए । गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए ।
नेपाली काँग्रेसका नेता समेत रहेका तत्कालीन गृहमन्त्री खाँण धरौटीमा रिहा भइसके पनि सचिव पाण्डे भने जेलबाटै अवकाश भएका छन् । पाण्डे अनिवार्य अवकाशमा गएसँगै राजपत्रांकित बिशिष्ट श्रेणी अर्थात सचिवको एक पद रिक्त भएको छ । लोक सेवा आयोगका अध्यक्षतामा रहेको सचिव बढुवा समितिको आगामी बैठकले बरिष्ठतम तीन सहसचिवलाई सचिव पदमा बढुवाका लागि सिफारिस गर्नेछ । बरिष्ठताको आधारमा अहिले पहिलो नम्बरमा सहसचिव मदन भुजेल, दोस्रो नम्बरमा बिरेन्द्र यादव र तेस्रो नम्बरमा चन्द्रकला पौडेल रहेका छन् ।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.