काठमाडौं — गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्नु भएको बताएका छन् ।काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
लोकतन्त्रको विकल्प नभएको बताउँदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्रै नै भएको बताए ।गृहमन्त्री लेखकले भने, ‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ ।’गृहमन्त्री लेखकले लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको पनि बताए।दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए ।
संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औंल्याए ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.