काठमाडौं– काठमाडौंको थापाथलीस्थित ब्रिटिस कलेजमा तोडफोड भएको छ ।
मंगलबार दिउँसो करोडौँ रुपैयाँ असुलेर पढाइ नगरी आफूहरू ठगीको शिकार भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएपछि कलेजमा तोडफोड भएको हो ।
आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले उच्च शिक्षाको सपना देखाएर अभिभावक र विद्यार्थीलाई आकर्षित गर्ने ‘ब्रिटिस कलेज’ को नाममा भर्ना लिने तर पछि आफूहरूलाई अन्य कलेजमा पठाउने गरेको गम्भीर आरोप लगाएका छन् ।
पढाइ नहुँदा पनि पैसा फिर्ता नदिइएको र प्रश्न उठाउँदा उल्टै धम्की दिइएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए।प्रहरीले कलेजबाट हटाउन खोजेपछि उनीहरूले ढुंगामुढा गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन सात जना युवाहरुलाई पक्राउ समेत गरेको छ । ढुंगा प्रहारबाटट कलेजमा केही क्षति समेत पुगेको प्रहरींले जनाएको छ ।






