काठमाडौंमा शंखपार्क सर्वाधिक प्रदूषित, इलाम पनि अस्वस्थकर

काठमाडौं । काठमाडौं उपत्यकाका पाँच स्थानसहित बिहीबार देशका सात सहर अस्वस्थकर छन् । वातावरण विभागका अनुसार, बिहीबार बिहान ११ः३० बजे काठमाडौंको शंखपार्क सर्वाधिक प्रदूषित छ । त्यहाँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७२ पुगेको छ ।
यस्तै, रत्नपार्कको एक्यूआई १६०, भक्तपुरको १५४ तथा ललितपुरको भैँसेपाटी र खुमलटारको क्रमश: १६१ र १५५ छ । उपत्यकाबाहिर इलाम सबैभन्दा धेरै प्रदूषित छ । सोही समयमा इलामको एक्यूआई १६८ पुगेको छ । कैलालीको धनगढी पनि अस्वस्थकर छ, त्यहाँको एक्यूआई १५७ मापन भएको छ । यीबाहेक अन्य सहरको एक्यूआई १५० भन्दा कम छ ।
एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

Comments are closed.