काठमाडौँ — शिव महिमा र चरित्र चित्रण गरिएको शिव पुराणले हिन्द धर्ममा विशेष महत्त्व राखेको छ । २० वर्षको समय लगाएर चित्रकार सुरेशकुमार द्यःलाले पुराणको धर्म, मोक्ष, ज्ञान, जप, तपस्या तथा उपवासलाई आधार मान्दै शिवको महिमालाई चित्रण गरेका छन् ।
लामो समय लगाएर बनाएका उनका शिव महिमा चित्रित दुई दर्जन कलाकृतिहरू यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा छन् । उनले शिव महिमालाई अक्षरमा समेत उतारेका छन् ।
आर्ट काउन्सिलमा आयोजित चित्र प्रदर्शनीसँगै त्यसलाई बुझाउने पुस्तक पनि सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ‘सत्यम् शिवम सुन्दरम’ शीर्षकको चित्रकला प्रदर्शनी शुभारम्भ र पुस्तक लोकार्पण गरेका हुन् ।
पुस्तक र आफूले कोरेका चित्रहरूलाई द्यःला ध्यानबाट सिर्जित सिर्जनाका रूपमा व्याख्या गर्छन् । ‘२० वर्षसम्म मैले शिव पुराण र त्यसका विभिन्न पक्षहरूबारे अध्ययन गर्दै चित्रमा उतार्दै त्यसलाई लेख्न पनि थालें,’ उनले भने, ‘यो अवधि त मेरा लागि ध्यान गरे जस्तै भयो ।’
शिवसँग जोडिएका अनेक प्रसंगलाई उनले रंग, पात्र र संयोजनमा फेरि कलाकृतिमा उतार्ने जमर्को गरेका छन् । २०५८ मा उनले चारकोलको माध्यममा ३५ वटा विशुद्ध नेपाली मुहारचित्र ‘मिरर अफ नेप्लिज पिपुल’ शीर्षकमा पहिलो एकल प्रदर्शनी गरेका थिए ।
दुई वर्षपछि २०६० मा उनले चारकोलकै माध्यममा ‘हाम्रा कवि र साहित्यकार’ शीर्षकमा दोस्रो एकल प्रदर्शनी गरे । यसबाट उनले चित्रकवि उपनामसमेत पाए । हाल भइरहेको उनको तेस्रो एकल प्रदर्शनी हो । प्रदर्शनी भदौ १७ सम्म चल्नेछ ।
Trending Now
- Japan to cut greenhouse gas emissions by 60 percent in 10 years:
- डब्लुएचओका प्रमुखसहितराष्ट्र संघीय कर्मचारीहरुको टोली इजरायली आक्रमणमा
- बुद्धकालीन शहरको संरचना भेटिएको दाबी
- Prime Minister Oli condoled the death of former Indian Prime Minister Singh
- शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन प्राधिकरणको अनुरोध
- कांग्रेसको सयदिने विशेष अभियानको समयावधि थप
- भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
- China will build the world’s largest dam in Tibet, producing 3 times more electricity than the Three Gorges
- सिंगापुरबाट भ्रष्टाचारको प्रमाण झिकाउन विशेष अदालतको आदेश
- आत्महत्या न्यूनिकरण अभियान अन्तर्गत तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम तथा नागरिक सुनुवाई” कार्यक्रम सम्पन्न
Comments are closed.