काठमाडौँ — शिव महिमा र चरित्र चित्रण गरिएको शिव पुराणले हिन्द धर्ममा विशेष महत्त्व राखेको छ । २० वर्षको समय लगाएर चित्रकार सुरेशकुमार द्यःलाले पुराणको धर्म, मोक्ष, ज्ञान, जप, तपस्या तथा उपवासलाई आधार मान्दै शिवको महिमालाई चित्रण गरेका छन् ।
लामो समय लगाएर बनाएका उनका शिव महिमा चित्रित दुई दर्जन कलाकृतिहरू यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा छन् । उनले शिव महिमालाई अक्षरमा समेत उतारेका छन् ।
आर्ट काउन्सिलमा आयोजित चित्र प्रदर्शनीसँगै त्यसलाई बुझाउने पुस्तक पनि सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ‘सत्यम् शिवम सुन्दरम’ शीर्षकको चित्रकला प्रदर्शनी शुभारम्भ र पुस्तक लोकार्पण गरेका हुन् ।
पुस्तक र आफूले कोरेका चित्रहरूलाई द्यःला ध्यानबाट सिर्जित सिर्जनाका रूपमा व्याख्या गर्छन् । ‘२० वर्षसम्म मैले शिव पुराण र त्यसका विभिन्न पक्षहरूबारे अध्ययन गर्दै चित्रमा उतार्दै त्यसलाई लेख्न पनि थालें,’ उनले भने, ‘यो अवधि त मेरा लागि ध्यान गरे जस्तै भयो ।’
शिवसँग जोडिएका अनेक प्रसंगलाई उनले रंग, पात्र र संयोजनमा फेरि कलाकृतिमा उतार्ने जमर्को गरेका छन् । २०५८ मा उनले चारकोलको माध्यममा ३५ वटा विशुद्ध नेपाली मुहारचित्र ‘मिरर अफ नेप्लिज पिपुल’ शीर्षकमा पहिलो एकल प्रदर्शनी गरेका थिए ।
दुई वर्षपछि २०६० मा उनले चारकोलकै माध्यममा ‘हाम्रा कवि र साहित्यकार’ शीर्षकमा दोस्रो एकल प्रदर्शनी गरे । यसबाट उनले चित्रकवि उपनामसमेत पाए । हाल भइरहेको उनको तेस्रो एकल प्रदर्शनी हो । प्रदर्शनी भदौ १७ सम्म चल्नेछ ।
Trending Now
- २७ देशका राजदूत इलामको अन्तुमा भेला हुँदै
- लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’
- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान
- रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
Comments are closed.