Trending Now

गीत: बोलाऊँ भने तिमीलाई बात लाग्ने डर

बोलाऊँ भने तिमीलाई बात लाग्ने डर
नबोलाऊँ त तिम्रो प्रीतको पाप लाग्ने डर

आँखाभरि तिम्रो माया मुटुभरि माया
जता हेर्यो त्यतै देख्छु तिम्रै तिम्रै माया
कहाँ राखुँ कता सजाऊँ यति धेरै माया
गीत बनाई गाइरहुँ कि तिम्रा सबै माया

शीतको थोपा जूनको किरण तिम्रो धेर माया
फूलको रुप दिलको मुर्ती तिम्रो मात्र माया
कति चोखो कति मिठो तिम्रै सारा माया
माला गाँसी लगाइरहुँ कि तिम्रा सबै माया |

जस योञ्जन प्यासी

Comments are closed.