काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख सुवास केसीको पञ्चेबाजा गीत ‘कल्लाई थाहा छ र?’ सार्वजनिक भएको छ।
केसीको शब्द सिर्जना रहेको गीतमा प्रीति आले र दिल नारायण पाण्डेले स्वर भरेका छन्।
प्यूठानको ग्रामिण परिवेश र मौलिकतालाई देखाइएको उक्त गीतको भिडियोमा सुवाससहित रजनी गुरुङ, कमल भक्त, नीना बुढाथोकी, गणेश केसी र प्रतीक्षा केसीको अभिनय रहेको छ। भिडियो निर्देशन पनि कमल भक्तले नै गरेका हुन्।
‘फूल्यो बामरी’जस्ता गीतबाट दर्शकको राम्रो प्रंशसा पाएका सुवासको यस गीतमा दिल नारायण पाण्डेले संगीत भरेका छन् भने विनोद विरहीले संगीत संयोजन गरेका छन्। गीत प्रीति आले युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
Comments are closed.