‘पुष्पा २’ को पहिलो गीत सार्वजनिक

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत फिल्म ‘पुष्पा २’ को पहिलो गीत सार्वजनिक गरिएको छ।

बुधबार निर्माण टिमले फिल्ममा समावेश ‘पुष्पा पुष्पा’ बोलको गीत सार्वजनिक गरेका हुन्। मिका सिंह र नकाश अजिजको स्वर रहेको गीतमा रकस्टार डिएसपी (देवी श्री प्रसाद) ले संगीत भरेका छन्।

फिल्मको पहिलो पार्टलाई ‘पुष्पाः द राइज’ को भनिएको थियो भने दोस्रो पार्टलाई ‘पुष्पाः द रूल’ भनिएको छ। ‘पुष्पाः द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ।

‘पुष्पा २’ ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने फिल्मकर्मीको आशा छ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ। यो फिल्म सन् २०२४ अगस्त १५ मा रिलिज हुनेछ।

Comments are closed.