शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख :टुंगिएन ओलीले जवाफ दिने विषय

काठमाडौं — सभामुख देवराज घिमिरेले मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । प्रतिनिधिसभा बैठकको अगाडि सभामुख घिमिरे प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । छलफल बानेश्वरमा जारी छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले संसद्‌मा जवाफ नदिएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडान छ । बुधबार र विहीबार विपक्षी दलकै अडानका कारण बैठक चल्न सकेको थिएन ।

आज पनि अहिलेसम्म प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिने तय भइनसकेको सभामुखको सचिवालयले जनाएको छ ।

Comments are closed.