सुपर सिक्समा नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंका विश्वकप नजिक

काठमाण्डौं । आईसीसी पुरुष एकदिवसीय विश्वकप छनौट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा श्रीलंका विजयी भएको छ ।

जिम्बाब्बेस्थित बुलाबायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमामा शुक्रबार भएको सुपर सिक्स अन्तर्गत आफ्नो पहिलो खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई २१ रनले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २१४ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्गमा उत्रिएको नेदरल्याण्ड्स ४० ओभरमा सबै विकेट गुमाएर १९२ रनमा समेटियो ।

नेदरल्याण्ड्सका लागि कप्तान स्कट इडवार्डले ६८ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित रहँदै ६७ तथा वेस्ले बेरेसीले ५० बलमा ६ चौका र १ छक्काको सहयोथमा ५२ रनको अर्धशतकीय ईनिङ्ग खेल्दा बास डि लिडले ५३ बलमा ३ चौकाको सहयोगमा ४१ रन बनाए ।

बलिङ्गमा श्रीलंकाका लागि महेस थिक्सनाले ३, वानिन्दु हसरंगाले २ तथा कप्तान दासुन शनका, लाहिरु कुमारा र दिल्सान मधुशंकाले समान १र१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ्ग गरेको श्रीलंकाले ४७.४ ओभरमा सबै विकेट गुमाएर २१३ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि धनन्जय डि सिल्भाले १ सय ११ बलमा ८ चौका र २ छक्काको सहयोगमा ९३ रनको अर्धशतकीय इनिङ्ग खेल्दा दिमुथ करुणारत्नेले ५१ बलमा ३३, महेश थिक्सनाले थिक्सनाले ४७ बलमा २८ र वानिन्दु हसरंगा २१ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे ।

बलिङ्गतर्फ नेदरल्याण्ड्सका लागि लगेन भा बिक र बास डि लिडले समान ३र३ तथा सकिव जुल्फिकरले २ विकेट लिए । यस्तैरायन केलिन र आर्यान दत्तको नाममा समान १र१ विकेट रह्यो ।

सुपर सिक्स अन्तर्गतको आफ्नो पहिलो जितसँगै ६ अंकका साथ शिर्ष स्थानमा उक्लिएको श्रीलंकाको विश्वकपमा छनौटको सम्भावना बलियो बनेको छ। यता पराजित नेदरल्याण्ड्सको भने विश्वकप छनौटको सम्भावना कमजोर बनेको छ ।

 

Comments are closed.