आईसीसी विश्वकप क्वालिफायरको लागि श्रीलंकाको टोली घोषणा

आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायरको लागि श्रीलंका १५ सदस्यीय टोली घोषणा गरेको छ ।

उक्त १५ सदस्यीय टोलीमा जुनियर मलिङ्गाको नामले परिचित मथिशा पथिराना पनि पर्न सफल भएका छन् ।

पथिरानाले हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएलं) २०२३ मा चेन्नई सुपर किङ्गवाट खेल्दै १९ विकेट लिएर चेन्नईलाई च्याम्पियन बनाउन विशेष भूमिका निभाएका थिए ।

त्यस्तै पथिरानासङ्गै दुशान हेमन्थालाई पनि टोलीमा समावेस गरिएको छ । उनले अहिले सम्म एक मात्र एकदिवसिय खेल खेलका छन् ।

सिडब्ल्यूसीको क्वालिफायर १८ जुन देखि शुरु हुँदैछ । जस्मा १० टोलीको सहभागिता रहने छ । प्रतियोगितामा शिर्ष दुई स्थान हासिल गर्ने टोली भारतमा हुने आईसीसी पुरुष विश्वकपका लागि छनौट हुनेछन् ।

श्रीलंकाको टोलीमा दासुन शनाका (कप्तान), कुशल मेन्डिस, दिमुथ करुणारत्ने, पथुम निशंका, चरिथ असालंका, धनञ्जय डि सिल्वा, सादीरा समरबिक्रमा, वानिन्दु हसरङ्गा, चमक करुणारत्ने, दुशमन्था चमीरुा, कसुन राजिता, लाहिरु कुमारा, महेश थीक्षणा मतिशा पथिराना र दुशान हेमन्था रहेका छन् ।

Comments are closed.