आज पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत तथा माधवनारायण पूजा आजबाट सुरु

काठमाडौं । आज पौष शुक्ल पूर्णिमा । स्वस्थानी व्रत तथा माधवनारायण पूजा आजबाट सुरु भएको छ । श्री स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमासम्म जारी रहनेछ ।हिन्दु परम्परा अनुसार आज बिहानै माघ स्नान गर्ने र श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी निराहार तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोडिएको छ ।
स्वस्थानी व्रतका बेला देशैभर शिवालय र शक्तिपीठमा दर्शनार्थीको मेलासमेत लाग्ने गर्दछ । काठमाण्डौँस्थित शालीनदीमा आजदेखि माधवनारायण मेला पनि सुरु भएको छ । घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ ।माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य मिल्ने धार्मिक विश्वास छ ।

Comments are closed.