काठमाडौं –सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासले कुलमानको रिटमा बिहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै सरकारले कुलमान हटाएर प्राधिकरणको कार्यकरी निर्देशकमा नियुक्त गरेका हितेन्द्रदेव शाक्यलाई काम गर्न बाटो फुकेको छ । अब सर्वोच्चले अन्तिम फैसलामा अन्यथा आदेश गरेमा मात्र हितेन्द्रको पद धरापमा पर्नेछ ।
इजलासले रिटलाई अग्राधिकार प्रदान गरेको छ । गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए ।
यसैगरी चार वर्षअघि २०७८ साल साउन ३२ गते विदयुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नियुक्ति खारेजको माग गर्दै हितेन्द्र देव शाक्यले सर्वोच्चमा दायर गरेको रिटमाथि पनि सुनुवाइ सकिएको छ। घिसिङ र शाक्यको रिट एकैसाथ राखेर सर्वोच्चले सुनुवाइ गरेको हो।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.