काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले राष्ट्रपति निवास बंग भवनमा अन्तरिम सरकार प्रमुख युनुसको शपथ गराउनु भएको हो । युनुससँगै मन्त्रिपरिषद्का १६ सदस्यले पनि आजै शपथ लिनु भएको छ । १७ वर्षपछि बंगलादेशमा पुनः एकपटक अन्तरिम सरकार गठन भएको हो । युनुसको नेतृत्वको अन्तरिम सरकारको १६ सदस्यीय मन्त्रिपरिषद्मा नागरिक समाजका अगुवा, विभिन्न निकायका विज्ञ, दुई विद्यार्थी नेता समेत रहेका छन् ।
बंगलादेशमा विद्यार्थीहरुले आरक्षणविरुद्धको आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाड्नुभएको थियो । त्यसपछि सेना प्रमुख वकर-उज-जमानले अन्तरिम सरकार गठनको घोषणा गर्नुभएको थियो । लगत्तै विद्यार्थी संयोजक र तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलपछि राष्ट्रपति शाहाबुद्दीनले संसद् भंग गरेर युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुभएको थियो ।
शपथका लागि युनुस आजै फ्रान्सको पेरिसबाट ढाका पुग्नुभएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै युनुसले अब बंगलादेशलाई कानुनी बाटोमा ल्याउने र देखिएका समस्या समाधान गर्ने आफ्नो प्रमुख जिम्मेवारी भएको बताउनुभयो । उहाँले अन्तरिम सरकारले केही समय सरकार चलाउने र आम निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने घोषणा पनि गर्नुभयो ।
Trending Now
- शिक्षामन्त्री पन्तको आह्वानपछि आन्दोलनरत शिक्षक वार्तामा पुगे
- India-Pakistan standoff worries UN, calls for maximum restraint
- आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले बोलाए वार्तामा
- पाकिस्तानको घोषणा, सिन्धु चलाउनु ‘युद्धको कारवाही’: शिमला सम्झौता पनि खारेज
- Jammu and Kashmir Attack Update: 28 killed, including a Nepali
- कश्मीर आक्रमणमा संलग्न एक जनाको घर बमले उडाइयो, अर्कोको घरमा डोजर चलाइयो
- सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन,आन्दोलन नछाड्ने अडान
- Nepal not on MCC project suspension list, grant not stopped
- मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
- आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
Comments are closed.