तरुण दलका नेता विनोद गिरीमाथि वीरेन्द्रनगरमा गोली प्रहार

सुर्खेत । सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि गोली प्रहार भएको छ ।शनिवार राति ९ बजे वीरेन्द्रनगरको कालागाउ देउती थान नजिकै सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको हो ।तर, उक्त गोली सदस्य गिरीलाई नलागेर उनी चढेको गाडीमा लागेको बताइएको छ ।फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरमा लाग्ने महोत्सवको विषयलाई लिएर सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल र उनीबीच विवाद रहेको बताइएको छ ।
सोही कारण नेपालगन्जदेखि गण्डा बोलाएर सदस्य गिरीलाई गोली प्रहार गरिएको कँडेलमाथि आरोप लागेको छ ।एक मोटरसाइकल, एक थान पेस्तोल र शङ्कास्पद दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

Comments are closed.