गण्डकी, । होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९, ३० र वैशाख १ गते पोखरामा १८औँ फेवा नववर्ष महोत्सव हुने भएको छ ।
कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
कोरोनाले प्रभावित पर्यटन बिस्तारै सकारात्मक हुँदै गएका अवस्थामा पछिल्लो समयमा पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतिले पोखरा पर्यटन आगमनमा असर परेको उनले बताए । “यही समयमा बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र उकुसमुकुसको अवस्थाबाट गुज्रनु परेको छ”, उनले भने, “अहिलेको पर्यटकीय यामको ९० प्रतिशत वरपर ‘अकुपेन्सी’ हुनुपर्ने हाम्रा होटलमा क्षमताको २० प्रतिशत हाराहारी मात्र पर्यटक हुनु दुर्भाग्य हो ।”
पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुने जानकारी दिँदै अध्यक्ष सुवेदीले उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न खानाका परिकारको स्वाद लिन पाइने बताए । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका होटलले २० प्रतिशतसम्म छुट दिने योजना बनाएका पनि जनाइएको छ ।
Trending Now
- Introduction to CG Hospitality: A Story of Vision and Resilience
- Switzerland bans burqa from today, fines up to 150,000 if violated
- नेपाल स्रष्टा समाजले विशेष कार्यक्रम गरी मनायो १८औँ स्थापना दिवस
- Sports Year 2024: These are the seven famous international competitions and their winners
- आजदेखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम
- Bitcoin price doubles in 2024, ETF approved
- नेकपा एकीकृत समाजवादीले देशभर ‘जागरण अभियान’ सञ्चालन गर्ने
- विप्लव नेतृत्वकाे नेकपाले फागुन २१ गतेदेखि जनमार्च अभियान चलाउने
- नागरिक उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड ३८ लाख
- नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
Comments are closed.