जनमत पार्टीलाई पनि सरकारमा ल्याउने गठबन्धनको निर्णय

काठमाडौँ । सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा ल्याउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको हो । समर्थन फिर्ता लिएर बारिने तयारीमा रहेको जनमत पार्टीका अध्यक्ष सिके राउतसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार भेटवार्ता गरेका थिए ।

Comments are closed.