एकीकृत समाजवादीको महाधिवेशन आज समापन हुँदै

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन शुक्रबार समापन हुँदैछ। काठमाडौंको प्रज्ञा भवनमा गत १६ गते शुरु भएको महाधिवेशन अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गर्दै समापन हुन लागेको हो।

दिउँसो ३ बजेसम्म अन्य पदाधीकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गरिने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बिहीबार पार्टीका सम्मानित नेता झलनाथ खनालले अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि निवर्तमान सचिवालयले सहमतिमै टुंग्याउने प्रस्ताव हलमा गरेका थिए।
यो प्रस्तावलाई पनि हलले सर्वसम्मत अनुमोदन गरेको थियो। एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान छ। यसअघि बिहीबार पार्टीको अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन भएका छन्।
महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको हो।

Comments are closed.