काँग्रेस रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझायो

काठमाडौं ।  नेपाली काँग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ ।
मंगलवारको पार्टी केन्द्रिय कार्यसमिति बैठकअघि अभियानलेपार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि बोल्दै काँग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनु भयो । उहाँले यथास्थितिले आगामी दिनमा आउनसक्ने चुनौतिको सामना गर्न काँग्रेसले नसक्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसलाई आन्तरिक रुपबाटै सुदृढ बनाएर विभिन्न आयामहरुमा देखिएका विभिन्न खाले समस्याहरुलाई समाधान गरेर पार्टीका अवयवहरुलाई क्रियाशील र गतिशिल बनाउन नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले विगत जेठ महिनाभर देशव्यापी रुपमा पार्टी रुपान्तरण अभियान सञ्चालन ग¥यौँ, काँग्रेसको मौजुदा स्थितिको बारेमा हामीले आफूलाई लागेको कुरा पार्टीलाई यथास्थितिबाट मुक्त गर्न सकिएन भने पार्टीले आगामी चुनौति सामना गर्न सक्दैन । पार्टीका आन्तरिक अव्यवस्थाहरुलाई हटाउन सकेनौँ भने हामी अघि बढ्न सक्दैनौँ । मुलतः नेपाली काँग्रेसलाई आन्तरिक रुपबाटै सुदृढ बनाएर विभिन्न आयामहरुमा देखिएका विभिन्न खाले समस्याहरुलाई समाधान गरेर पार्टीका अवयवहरुलाई क्रियाशील र गतिशिल बनाएर पार्टीका भ्रातृ संगठनलाई व्यवस्थित बनाइ समग्र रुपबाट पार्टीको रुपान्तरण गर्न सकेनौँ भने नेपाली काँग्रेसका आउने चुनौति हामीले समाधान गर्न सक्दैनौँ । हामीले पार्टी सभापतिलाई बुझाउने कोशिष गरेका थियौँ, पार्टी सभापतिको अवस्थाका कारण हामीले भेट गर्न सकेनौँ, तर पार्टी मुख्यसचिवमार्फत बुझाएका छौँ ।’

 

Comments are closed.