काजकिस्तानमा भएको खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

मध्य काजकिस्तानमा भएको कोइलाखानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको आपत्कालीन मन्त्रालयले आइतबार बताएको छ।

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “कारागान्दा सहरमा आर्सेलरमित्तल टेमिरटाउ कम्पनीको कोस्टेन्को खानीमा शनिबार भएको आगलागीपछि वेपत्ता भएका खानी मजदुरहरूको उद्धार अभियान अहिले पनि जारी छ।”

यसअघि शनिबार कजाक सरकारले पीडितहरूको सम्मानमा आइतबार राष्ट्रिय शोक दिवसको घोषणा गरेको थियो।

आगो लाग्दा खानीभित्र दुई सय ५२ मानिस थिए। पछि दुई सयभन्दा धेरै मानिसलाई बाहिर निकालिएको थियो। दुर्घटनाको अनुसन्धान भइरहेको छ।

Comments are closed.