टुक्का साहित्य समाजको चौथो वार्षिकोत्सव सम्पन्न

टुक्का साहित्य समाजले आफ्नो चौथो वार्षिकोत्सव ,पुस्तक विमोचन तथा सम्मान समारोह
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गर्यो।
यसअवसरमा प्रमुख अतिथि राईले “कविहरूले अभिव्यक्त गर्ने नयाँ कला र चिन्तनको रूपमा टुक्का कवितालाई लिन सकिन्छ। कवितालाई जति टुक्रयाए पनि कविता नै रहन्छ ।छोटोभन्दा छोटोे उपक्रम वा अंशको रूपमा टुक्का कविता देखा परेको छ । यसको सैद्धान्तिकीकरण बारे बहस गर्दै मौलिक नेपाली काव्य उपविधाको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
यसैगरी विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले “काव्यका उपविधाहरूमा हाइकुले जस्तै टुक्का कविताले पनि व्यापकता पाइसकेको छ ।यसलाई विभिन्न भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रिय तहसम्म पु-याउन सक्नुपर्छ ।कविताका लघुत्तम स्वरूपबारे बहस गरेर निचोडमा पुग्नुपर्ने आवश्यकता रहेको छ ” भन्नुभयो ।
यसै क्रममा विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मीले “हाइकु जसरी हिमाल ,पहाड र मधेसमा फैलिएको छ।त्यसरी नै टुक्का कविता फैलिन सकोस् भन्नुभयो ।
यसैगरी विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले प्रयोगको रूपमा कविताका अनेकौँ उपविधाहरू देखा परिरहेका छन् । यस सिलसिलामा टुक्का कविता पनि देखा परेको छ ।छोटोे अवधिमै नेपाली मौलिक टुक्का कविता कविहरू माझ लोकप्रिय बनेको छ ।यो नै खास उपलब्धि हो ।टुक्का सैद्वान्तिक र सिर्जनात्मक मूल्यसहित हाइकु जसरी विश्वव्यापी हुनेगरी अघि बढ्न सक्नुपर्छ भन्नुभयो।
टुक्का साहित्य समाजको चौथो बार्षिकोत्सवका अवसरमा प्रमुख अतिथि राईले संयुक्त टुक्कासङ्ग्रहको दोस्रो संस्करण ‘ऐतिहासिक टुक्का यात्रा’, प्रथम व्यङ्गात्मक संयुक्त टुक्कासङ्ग्रह ‘व्यङ्ग्य कन्तुर’, राजेन्द्र प्रधानकृत भारतीय प्रथम टुक्कासङ्ग्रह ‘तरङ्गित छालहरू’, म्यामराज राईकृत जापानी र बान्तवा राई भाषामा रचित ‘महक’ टुक्कासङ्ग्रह ,पुष्पा राईकृत ‘पुष्पश्री’ प्रथम नारी टुक्कासङ्ग्रह,रामप्रसाद पुरीकृत ‘टुक्का सुधा’ र भगवती दवाडी (अधिकारी)कृत ‘बन्धन’ र नागेन्द्रप्रसाद यादवकृत अवधी कवितासङ्ग्रह ‘कथरी’सहित ८ वटा कृतिको विमोचन गर्नुभयो ।
यसअवसरमा प्रमुख अतिथि राईले अरूणबहादुर खत्री ‘नदी’,पदमा शर्मा आँचल , निमा छिरिङ भुटिया,शर्मिला श्रेष्ठ, अच्युत घिमिरेलाई ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान-२०८० द्वारा पुरस्कृत गर्नुभयो ।यसैगरी राजेन्द्र प्रधान पासा,म्यामराज राई रामप्रसाद पुरी ,पुष्पा राई र भगवती दवाडीलाई ” टुक्का साहित्य संमृद्वि सम्मान -२०८०”द्वारा सम्मान गर्नुभयो ।
यसै सिलसिलामा डा. सावित्री श्रेष्ठ ,डा. देवी पन्थी, वसन्त अनुभव ,रचना शर्मा प्रतीक्षा ,राजेशराज गड्तौला,चूडा निर्भीक ,जमुना आचार्य , होमप्रसाद नेउपाने ,बेदु नेउपाने ,शोभा आचार्य गौतम ,रामशरण न्यौपाने ,अनिल खग्रास , नानीबाबा अधिकारी ,जगत थापा , उषा केसी ,श्रीकृष्ण शर्मा , विमुन्स पौडेल ,रुपा रिसाल ,रुपा पौडेल ,नरेशलाल अमात्य र सुमिना तिमल्सिनालाई “टुक्का साहित्य प्रवर्धन सम्मान -२०८० ” द्वारा सम्मानित हुनुभयो ।
यसैक्रममा अनुग्रह राना मगर ‘पुष्प’ ,अम्बिका अधिकारी ,अर्जुनप्रसाद चौलागाई ,कमला देवकोटा ,केशवप्रसाद ढकाल प्रीतबीज ,कृष्णकुमारी क्षेत्री,गुणनिधि घिमिरे,डम्बर थामी ‘अनुपम’ ,दुर्गा आचार्य , दुर्गा भट्टराई,नवशिला ,नागेन्द्रप्रसाद यादव , पवनकुमार बुढाथोकी ,पुष्पा सुवेदी ,
प्रद्युम्न चालिसे , प्रमोद भट्टराई प्रतीक ,
प्रेम थापा “मन” , बाबुराम गौतम ,
बाबुराम पाण्डे ,बुद्धिमान दनुवार ,
भेषकुमारी लामिछाने ,मन्दिरा सेढाई ,
मित्र उराठी गौतम , रचना मोक्तान “यात्री” ,
रश्मी रिमाल ,राजकुमार राजभण्डारी,
राजेश्वरी राजोपाध्याय, रुना कर्माचार्य दाहाल ,
सन्जना शर्मा ,सरिता सेढाई ,सहयात्री शोभा अर्याल ,सुरेशकुमार पाण्डे ,साधना पौडेल , हन्नाह क्षेत्री ,त्रिलोचन भण्डारी ,
गङ्गा खड्का , विक्रमतिरुवा सलिन ,
विनिता विश्वकर्मा ,अरुणकुमार भुजेल ,
सुशीला पौडेल ,रामकृष्ण दुवाडी , गोपालकृष्ण डङ्गोल , लक्ष्मी श्रेष्ठ ,परिक्रमा श्रेष्ठ , धनुष न्यौपाने ,ललिता अभागी , पुष्पाशायरा , विनोद रिजाल , चिरञ्जीवी ढकाल , इन्दिरा देवकोटा ,घनश्याम पौडेल, पूर्णबहादुर श्रेष्ठ र कल्पना भण्डारीले टुक्काश्री साहित्य सम्मान -२०८० प्राप्त गर्नुभयो ।यसरी टुक्का साहित्य समाजको पाँचौ वार्षिकोत्सवमा ८४ जना स्रष्टा र द्रष्टाहरू सम्मानित हुनुभयो ।
यसैगरी कल्पतरु द्वैमासिक, साहित्यपोस्ट डटकम,प्रभातफेरी साप्ताहिक,हिमालय दृष्टि र
संसार न्युज डटकम गरी ५ वटा पत्रिका र अनलाइनलाई समेत टुक्का समाजले सम्मान प्रदान ग-यो ।
यसै सिलसिलामा विशिष्ट अतिथि तथा समालोचक डा.देवी पन्थीले “ऐतिहासिक टुक्का यात्रा (३९ जना सर्जकको संयुक्त टुक्का कवितासङ्ग्रह)को समीक्षा गर्दै दुई हरफको लघुत्तम संरचनाभित्र रही अर्थपूर्ण र प्रतीकात्मक अभिव्यक्ति बोध भएको बताउनुभयो ।
यसैगरी पुष्पा राईकृत “पुष्पाश्री “टुक्कासङ्ग्रहको समीक्षा कृष्ण रानाले, ,म्यामराज राईकृत महक टुक्कासङ्ग्रहको समीक्षा अरुण खत्री नदीले, भगवती दवाडीकृत “बन्धन “टुक्कासङ्ग्रहको समीक्षा कृष्णशरण अधिकारीले ,रामप्रसाद पुरीकृत टुक्का सुधाको समीक्षा तीलमाया पुरीले र राजेन्द्र पासाकृत तरङ्गित छालहरूको समीक्षा शरद प्रधानले र नागेन्द्रप्रसाद यादवकृत अवधी कवितासङ्ग्रह कथरीको समीक्षा विक्रममणि त्रिपाठीले गर्नुभयो ।
यस्तै टुक्का साहित्य समाजको चौथो वार्षिकोत्सवका अवसरमा समाजका सचिव जमुना आचार्य कोइरालाले प्रस्तुत गरेको साङ्गठनिक र कोषाध्यक्ष रचना शर्मा प्रतीक्षाले प्रस्तुत गरेको अार्थिक प्रतिवेदन पास भएको छ।
यसैगरी कार्यक्रम समापन गर्दै टुक्का साहित्य समाजका अध्यक्ष तथा टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंले टुक्का कविताको पृष्ठभूमि,इतिहास,विकास र संरचनाबारे बताउनुभयो । यसको प्रारम्भ २०७७ साल, साउन २५ गतेबाट भएको हो ।टुक्का दुई हरफमा बराबरी अक्षरमा रचिन्छ ।
नेपाली मौलिक लघुत्तम काव्य उपविधा टुक्का कविता लेखनप्रति कविहरूको आकर्षण बढ्नु लयात्मक र गेयात्मक पक्ष महत्त्वपूर्ण रहेको छ । यस टुक्का कविताको सिर्जना विभिन्न भाषामा अनुवाद भई अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताउनुभयो ।प्रस्तुत कार्यक्रममा समाजका उपाध्यक्ष वसन्त अनुभवले स्वागत मनतव्य र महासचिव चूडा निर्भिकले कार्यक्रम सञ्चालन गर्नुभयो ।(२०८० साल ,साउन २७ गते,शनिबार )
See Translation
All reactions:

13

Comments are closed.