उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जङले अमेरिकासँग वार्ता नहुने बताएकी छिन्। उनले वार्ताको विचारलाई ‘दिवास्वप्न’ भनेकी छिन्।
आणविक प्रतिरोधसम्बन्धी पहिलो अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको बैठकको अघिल्लो दिन उनको भनाइ सार्वजनिक भएको हो । उत्तरविरुद्धको अमेरिकी–कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनले बताएकी छिन्।
उत्तर कोरियाले गत साता अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेर शृङ्खलाबद्ध परीक्षणलाई निरन्तरता दिइरहेको छ । अमेरिकाले प्योङयाङले निरन्तर गरेका त्यस्ता परीक्षणलाई सामान्य भन्दै त्यसबाट आश्चर्यचकित हुननपर्ने बताएको छ। उत्तरको हतियार परीक्षणको जवाफमा सोल र वासिङटनले रक्षा सहयोगलाई सघन बनाएका छन् भने संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन् ।
अमेरिका र दक्षिण कोरियाबीच मंगलबार सोलमा आणविक परामर्शदाता समूहको बैठक हुँदैछ। कोरियाली राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाविरुद्ध आणविक प्रतिरोधलाई बलियो बनाउने बैठकको मुख्य लक्ष्य भएको बताइएको छ।
Comments are closed.