अन्तर्राष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्ने इराकी प्रधानमन्त्रीको दृढ संकल्प

बग्दाद । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले सोमबार इराकले अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्न चाहेको कुरा दोहोर्‍याएका छन् ।अल–सुदानीले इराकका लागि नेदरल्यान्डका राजदूत हान्स सान्डीसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् । नेदरल्यान्डले आगामी मे महिनाको मध्यमा उत्तरी अटलान्टिक सन्धि सङ्गठन (नेटो) मिसनको अध्यक्षता ग्रहण गर्दै छ ।

अल–सुदानीले गठबन्धन देशहरूको अर्को मिसनमा इराकमा गठबन्धनको उपस्थिति समाप्त गर्न र इराकसँग द्विपक्षीय सुरक्षा र सैन्य सहयोगमा जानका लागि संयुक्त प्राविधिक कार्य समावेश हुनुपर्ने धारणा राखेका छन् ।सान्डीले बैठकमा अल–सुदानीलाई नेदरल्याण्डका समकक्षी मार्क रुटेबाट दुई देशबीच सम्भावित साझेदारीका अवसरहरू बारे छलफल गर्न नेदरल्याण्ड भ्रमण गर्न आधिकारिक निमन्त्रणा दिएका छन् ।

Comments are closed.