चिनियाँ टोली र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) तिब्बतका सचिव वाङ चुनचङले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।

सचिव चुनचङले शनिवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगी उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता भएको हो ।

गत कार्तिक २२ गते बुधवार नेपाल भ्रमणमा आएका उनले यसअघि नै राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरी आपसी हितका विविध विषयमा छलफल गरिसकेका छन् ।

उनले शिष्टाचार भेटवार्ताको क्रममा आफ्नो नेपाल भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीच भएका महत्वपूर्ण सहमतीहरु कार्यान्वयनमा जोड दिनु रहेको बताउँदै आएका थिए ।

Comments are closed.