फिल्म ‘दसारा’ नेटफ्लिक्समा आउने

काठमाडौं, । गत मार्च ३० बाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘दसारा’ ले विश्वभर एक सय करोड भारु कमाएको छ । नानी र कीर्ति सुरेशको मुख्य भूमिका रहेको फिल्म ‘दसारा’ अब ओटीटीमा प्लेटफर्ममा आउने भएको हो ।

नेटफ्लिक्सले ‘दसारा’को ओटीटी राइट्स किनेको छ । नेटफ्लिक्सले ट्विटरमार्फत ‘दसारा’को ओटीटी रिलिज मिति २७ अप्रिल २०२३ का लागि घोषणा गरेको हो ।

श्रीकान्त उडेलाको लेखन र निर्देशन रहेको फिल्म नेटफ्लिक्समा तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । फिल्ममा नानी र कीर्तिका साथै समुथिराकानी, प्रकाश राज, राजेन्द्र, प्रसाद, रोशन माथे, साइ कुमारलगायत कलाकारको अभिनय छ।

Comments are closed.