सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको संख्या २६० पुर्‍याइने

काठमाडौं । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)को संख्या २६० पुर्याइने भएको छ ।आगामी आर्थिक वर्षभित्र सीमा सुरक्षाका लागि खटाइने सशस्त्र प्रहरीको बीओपी युनिटको संख्या २६० बनाइने भएको हो ।मंगलबार दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेको बजेटठमा बीओपीको संख्या २६० बनाइने उल्लेख छ । अहिले उत्तरी चीनतर्फको सीमा र दक्षिण भारततर्फको सीमामा गरेर जम्मा २५४ वटा बीओपी छन् ।
आर्थिक आर्थिक वर्षभित्र यसलाई बढाएर २६० पुर्याउने लक्ष्य सरकारले लिएको छ । त्यस्तै अहिले कायम रहेका २५४ बीओपी मध्ये १३९ बीओपीको आफ्नै भवन छ । आगामी आर्थिक वर्षभित्र १२ वटा बीओपी भवन निर्माण गरी १५१ वटा पुर्याइने उल्लेख छ ।

Comments are closed.