देशभर डेंगु संक्रमितको संख्या बढ्यो

काठमाडौँ। देशभर डेंगु संक्रमितको संख्या दुई हजारनजिक पुगेको छ । सन् २०२४ जनवरीयता जुलाई २६ सम्म एक हजार ९५५ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यो वर्ष (सन् २०२४) मा डेंगु संक्रमण ७३ जिल्लामा फैलिएको छ । प्रदेशमा सबैभन्दा धेरै बागमतीमा ६२६ जनामा संक्रमण देखिएको छ भने जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २२६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

Comments are closed.