काठमाडौँ — वैदेशिक रोजगारीमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक गएका छन् । जसमा ८० हजार महिला श्रमिक छन् । यो २०७९/८० को आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले कम हो ।वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति लिई म्यानपावर कम्पनीमार्फत जानेहरूमा तीन लाख ५३ हजार जना रहेका छन् । व्यक्तिगत पहुँचको आधारमा ९५ हजार ३८ जना गएका छन् । वैदेशिक रोजगारीमा गई वार्षिक बिदामा आएर श्रम नवीकरण गर्नेहरूमा दुई लाख ८१ हजार रहेका छन् ।विभागमा प्रवक्ता गुरुदत्त सुवेदीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २९ हजार ९ सय ३० जना कम गएको हो । अघिल्लो आर्थिक वर्षमा ७ लाख ७१ हजार नेपाली श्रमिक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गएका थिए । जुन सबैभन्दा बढी हो ।
मलेसिया र कतारले श्रमिक लैजान कटौती गरेपछि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । मलेसियाले दुई महिनादेखि श्रमिक लैजान पूर्णरुपमा बन्द गरेको छ भने कतारले विश्वकप पछि श्रमिक लैजान कटौती गरिरहेको छ ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.