एमाले सिध्याउन खोज्ने तत्वलाई जनताले जवाफ दिए : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउन खोज्ने तत्वलाई जनताले जवाफ दिएका बताउनुभएकाे छ ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा शनिबार पाँचथरकाे फिदिममा आयोजित जनसभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले जनतालाई भ्रममा पारेर एमालेलाई कमजाेर पार्छाैं भन्नेहरुले जवाफ पाएका बताउनुभयाे ।

संकल्प यात्राका क्रममा जनताकाे उपस्थितिले आफूलाई हर्षाेल्लासित बनाएकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘तपाइँहरुकाे उपस्थितिले मलाई हर्षाेल्लासित बनाएकाे छ, जनतालाई अल्मल्याउन सक्छाैं, जनतालाई भ्रममा पारेर एमालेलाई कमजाेर पार्न सक्छाैं भन्ने शक्तिहरु जाे हुन्, तिनीहरुले तपाइँहरुकाे याे उत्साहबाट जवाफ पाएका छन् ।’

एमाले सिध्याउन खाेज्ने तत्वहरुले अढाइ वर्षअघि अनेक षड्यन्त्र गरेर एमालेलाई सरकारबाट हटाएपनि गत चुनावमा ती सबै तत्वका षड्यन्त्रलाई पराजित गर्दै एमाले फेरी देशकाे प्रमुख पार्टी बनेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे  – ‘अनेक प्रकारका षड्यन्त्र गरेर एमालेलाई सरकारबाट हटाए, अनेक पटक षड्यन्त्र गरेर पार्टी विभाजित गरे, एमालेलाई सिध्याउँछाैं भने, भित्तामा टासिदिन्छाैं भने, माटाेमा मिलाइदिन्छाैं भने, एमालेका नेतालाई धुलाे चटाइदिन्छाैं भने, तर एमाले ती सबै तत्वका षड्यन्त्रलाई पराजित गर्दै फेरी देशकाे प्रमुख राजनीतिक पार्टी बनेकाे छ ।’

एमाले प्रमुख पार्टी र लाेकप्रिय पार्टी मात्र भएर नपुग्ने उहाँले बताउनुभयाे । याे देश बचाउन, राष्ट्रियता जाेगाउन, सार्वभाैमसत्ता जाेगाउन, स्वाधिनता जाेगाउन र व्यवहारिक कार्यान्वयन गर्न, स्वतन्त्रता जाेगाउन र कार्यान्वयन गर्न, देशकाे परराष्ट्र नीतिलाई तटस्थ राख्न, स्वतन्त्र ढंगले देशकाे विकास गर्न एमालेलाई सबल र एकल बहुमतसहितकाे मजबुत राष्ट्रिय शक्ति बनाउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे ।

अरुकाे हित र फाइदाका लागि राष्ट्रिय हितलाई तिलाञ्जली नदिने अठाेटमा एमाले अडिग रहेकाे उहाँले बताउनुभयाे । आगामी चुनावमा एमालेकाे एकल बहुमतसहितकाे सरकार बनाउनैपर्ने भएकाले आफूहरुले मिसन ८४ भनेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

एमालेको एउटै उद्देश्य र गन्तव्य देशको हित र जनताकाे भलाइ भएको भन्दै अध्यक्ष ओलीले त्याे गन्तव्यमा पुग्न आगामी चुनावमा एमालेलाई एकल बहुमतसहितकाे मजबुत राष्ट्रिय शक्ति बनाउनैपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘अनेक प्रकारका हाडासिंगा मिलाएर सरकार बनायाे ती हाडासिंगाहरु ट्याङराङ र टुङरुङ गरेर समय बिताउँछन्, त्यसका कारण देश बनाउने संकल्प बाेकेकाे, एउटै नीति, एउटै विचार, एउटै कार्यक्रम, एउटै उद्देश्य, एउटै गन्तव्य, एउटै बाटाे देशकाे हित जनताकाे भलाइ समृद्ध नेपालसुखी नेपालीकाे राष्ट्रिय आकांक्षालाई साकार पार्ने उद्देश्यसाथ अगाडि बढ्ने कुरा आजकाे आवश्यकता हाे, त्यसका निम्ति मजबुत राष्ट्रिय शक्ति चाहिन्छ ।’

देश बनाउन मजबुत राष्ट्रिय शक्ति चाहिने भन्दै अध्यक्ष ओलीले अरुका लागि कम्फरटेबल सरकार बनाउनेहरुबाट देश अगाडि बढ्न नसक्ने बताउनुभयाे । एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने पनि उहाँले बताउनुभयाे ।

एमाले सरकारबाट हटेपछि राजनीतिक अस्थितरता र अराजकता बढेकाे, अर्थतन्त्र ध्वस्त भएकाे, देश टाट पल्टिएकाे, देश कंगालीतर्फ धकेलिने अवस्था सृजना भएकाे अध्यक्ष ओलीले बताउनुभयाे ।  आर्थिक हिसाबले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उहाँले बताउनुभयो ।

मजबुत राष्ट्रिय शक्ति, देशभक्त शक्तिकाे एकल बहुमतकाे सरकारबिना देशकाे रक्षा हुन, सार्वभाैमसत्ता, स्वतन्त्रता, भूगाेलकाे रक्षा हुन र राष्ट्रिय स्वाभिमान माथि उठाउन सम्भव नहुने अध्यक्ष ओलीले बताउनुभयाे ।

०८४ सम्म एमालेकाे एकल सरकार बनाउन नसकिने भन्दै उहाँले एमालेकाे एकल सरकार तत्काल बनिहाल्ने अवस्था नभएकाे बताउनुभयाे । गत चुनावमा नेपाली कांग्रेसले २३ ठाउँमा बुथ कब्जा गरेर एमालेका मत लुटेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘२३ ठाउँमा कांग्रेसले बुथ कब्जा गरेर, हाम्रा सिटहरु लुटेर लिएकाे छ, मुद्दा लगाएर, एक जना साथी उहाँले बल्ल अस्तीका दिन सफाइ पाउनुभयाे ।’

नक्कली भुटानी शरणार्थी काण्डप्रति लक्षित गर्दै अध्यक्ष ओलीले एउटै मुद्दामा कांग्रेस भए छुट्ने एमाले भए थुन्ने काम भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘हाम्राे काेही साथीहरुलाई जेलमा राखिएकाे छ, कांग्रेस भयाे भने त्यही विषयकाे मन्त्री भएपनि छुट्छ, तर एमालेमा लागेकाे रिसले काेही मानिस छुट्दैन, कांग्रेसकाे कानुनी फाँटकाे नेता न्यायाधीश हुन्छ अनि इन्साफ कहाँबाट हुन्छ ? राजनीतिक नियुक्ति हुन्छ अनि इन्साफ कहाँबाट हुन्छ ?’

आफूहरुले जेलनेल, दुखकष्ट र संघर्ष गरेर संघीय लाेकतान्त्रिक गणतन्त्र ल्याएकाे भन्दै अध्यक्ष ओलीले त्यसकाे रक्षा हुनुपर्ने बताउनुभयाे । सरकारकै अयाेग्यताका कारण अनेकथरी तत्वहरु सल्लबलाइरहेका समेत उहाँले बताउनुभयाे ।

एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको भन्दे अध्यक्ष ओलीले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा गरिएकाे बताउनुभयाे ।

एमालेले सरकारमा छँदा असाधारण विकास र अभूतपूर्व काम गरेकाे उहाँले बताउनुभयाे ।

Comments are closed.