काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले आज राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो । भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य घटाएको निगमले जनाएको छ ।
आज राति १२ बजेपछि पेट्रोलमा प्रतिलिटर ११ र डिजेल/मट्टितेलमा पाँच रुपैँया मूल्य घट्ने भएको छ । नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १ सय ६९ रुपैँया ५० पैसा, दोस्रो वर्गमा १ सय ७१ रुपैँया र तेस्रो वर्गमा १ सय ७२ रुपैँया कायम भएको छ ।
त्यस्तै, डिजेल/मट्टितेलको पहिलो वर्गमा प्रतिलिटर १ सय ६६ रुपैँया ५० पैसा, दोस्रो वर्गमा १ सय ६७ र तेस्रो वर्गमा १ सय ६८ रुपैँया कायम भएको छ ।
Comments are closed.